शेख हसिनाद्वारा प्रधानमन्त्री मोदीलाई बङ्गलादेश भ्रमणको निम्तो

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथपछि भएको संक्षिप्त भेटमा शेख हसिनाले भविष्यमा सम्बन्ध बलियो बनाउन नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको बङ्गलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदले बताएका छन् ।
प्रधानमन्त्री शेख हसिनालाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा भएको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।
प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री मोदी र उनको मन्त्री परिषद्को शपथ ग्रहण समारोहमा सहभागी भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी थिइन्। उक्त अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदीको नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले लोक सभामा बहुमतका लागि पाएको सफलताका लागि बधाई दिएकी थिइन्। उनले सम्बन्ध बलियो बनाउन भविष्यमा नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको विदेश मन्त्री हसन महमुदले एएनआईलाई बताए ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनका भारतीय समकक्षी मोदीको नेतृत्वमा दुई देशबीचको सम्बन्ध ‘नयाँ उचाइमा’ पुगेको बताउँदै विदेशमन्त्री महमुदले बङ्गलादेशको तर्फबाट प्रधानमन्त्री मोदीलाई ढाका भ्रमणको निम्तो पनि दिएको बताए ।
राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले जुन ५ मा नरेन्द्र मोदीलाई आफ्नो नेताको रूपमा चयन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनको लोकसभा चुनावमा भाजपाको नेतृत्वमा रहेको एनडिएले २९३ सिट जितेको छ ।
प्रधानमन्त्री मोदी भारतका संस्थापक प्रधानमन्त्री जवाहरलाल नेहरूपछि लगातार तेस्रो कार्यकाल जित्ने दोस्रो भारतीय नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
-
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
-
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?
-
सुनसरीमा एकमहिने सिरुवा मेला सुरु
-
देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा