विभिन्न जिल्लामा ७ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न जिल्लामा सात जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, चितवन, गुल्मी, सुर्खेत लगायतका जिल्लामा सात जना मृत अवस्थामा फेला परेका हुन् ।
महोत्तरीको सम्सी गाउँपालिका–२ बस्ने ५० वर्षीय शेख साकिर सोही गाउँपालिका–२ पर्सा बजारस्थित सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२३ खड्गौली बस्ने ५० वर्षीय बुधनी दराई सोही ठाउँस्थित केरूङ्गा खोला नजिकै मृत अवस्थामा फेला परेकी छन् ।
आइतबार माछा मार्न भनी गएकी उनी घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । त्यसैगरी भरतपुर महानगरपालिका– २१ रंगिला बस्ती बस्ने २६ वर्षीय सुवास नेपाली पनि मृत अवस्थामा फेला परेका छन् ।
सोही ठाउँस्थित खेतमा आइतबार उनी मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उता, गुल्मीको मालिका गाउँपालिका–७ तिजुबोट घमिर बस्ने ४९ वर्षीय देवकला लम्साल पनि मृत अवस्थामा फेला परेकी छन् ।
उनी आफ्नै बङ्गालोमा आइतबार मृत अवस्थामा फेला परेकी हुन्। त्यस्तै सुर्खेतको सिम्ता गाउँपालिका–६ मा पनि एक पुरुष मृत फेला परेका छन् । सो गाउँपालिकाको कालटारस्थित बगरमा स्थानीय ५० वर्षीय गुरु पुन आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
उता, सर्लाहीको हरिपुर नगरपालिका–५ असनवा टोलमा पनि एक पुरुष मृतअवस्थामा फेला परेका छन् । सोही नगरपालिका–५ मजुर्वा बस्ने ३९ वर्षीय नेक महम्द अन्सारी आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै पर्साको वीरगन्ज महानगरपालिका–१६ शङ्कर आचार्य गेट नजिकै खुल्ला चौरमा एक युवक मृत फेला परेका छन् । उनको नाम,थर र वतन नखुलेको प्रहरीको भनाई छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले गरे शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
-
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
-
भोजपुरका सात सय ५० किसानलाई कृषि सामग्री हस्तान्तरण
-
आज विभिन्न पाँच अन्तरराष्ट्रिय दिवस मनाइँदै
-
‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक
-
मन्त्री र कुलमानबिच जुँगाको लडाइँले निजी क्षेत्रको बिजोग