बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

विश्वको पहिलो एआई सुन्दरी प्रतियोगिता

सोमबार, २८ जेठ २०८१, १३ : २९
सोमबार, २८ जेठ २०८१

न्यूयोर्क । एआईले मान्छेहरूको जागिर खाइदिने चिन्ता सर्वत्र व्याप्त छ । एआईकै कारण कतिपयले जागिर गुमाइसकेका छन् । 

आगामी केही दशकभित्र तपाई हामीमध्ये कयौँको जागिर गुम्ने क्रममा छ । एआईले अब सुन्दरी प्रतियोगितालाई पनि नछाड्ने भएको छ ।

 एआईले बनाएको महिला मोडलहरू सहभागी भएको विश्वकै पहिलो एआई सुन्दरी प्रतियोगिता आयोजना हुन लागेको छ । यो प्रतियोगिता फानभ्यूले आयोजना गर्न लागेको हो । यही अप्रिलमा फानभ्यूले मिस एआईको घोषणा गरेको थियो ।

आइताना लोपेज र इमिली पेल्लेग्रिनी जस्ता एआई मोडलको लोकप्रियता हेर्दा ढिलो चाँडो यस्ता प्रतियोगिता हुन्थे नै । यस प्रतिस्पर्धामा सहभागी हुन विश्वभरका क्रियटरहरुले करिब १ हजार ५०० एआईकृत युवतिको नाम पठाएका थिए । यीमध्येबाट छानेर १० जनाको अन्तिम सूचि तयार पारिएको छ । शीर्ष तीनमा आउने प्रतिस्पर्धीले कूल २० हजार डलरको पुरस्कार जित्नेछन् । मिस एआईका निर्माताले पनि ५ हजार डलर पाउनेछन् ।

यो प्रतिस्पर्धाले तीव्र गतिमा विस्तार भइरहेको एआईको क्षेत्रमा नयाँ अवसर सृजना गर्ने आशा आयोजकहरूको छ । 

अनलाइन अनि सामाजिक सञ्जालमा एआईले बनाएको अवतारहरू निकै लोकप्रिय छन् । तर विश्वको पहिलो मिस एआई प्रतिस्पर्धाको भने निटिजन्सहरूले कटु आलोचना गरिरहेका छन् । यो प्रतिस्पर्धाको नतिजा यो महिनाको अन्त्यमा आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप