बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

निजी वनको दिगो व्यवस्थापन अति आवश्यक : उपराष्ट्रपति

सोमबार, २८ जेठ २०८१, १२ : ५४
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । उपराष्ट्रपति राम सहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् । 

उनले बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। 

उनले भने, ‘निजी वनको दिगो व्यवस्थापन अति आवश्यक छ । मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावारको सहज आपूर्तिको व्यवस्था गर्न सके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्दछ । बढ्दो बसाइसराइ, महत्त्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतीहरूलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नुपर्दछ । यसर्थमा पारिवारिक वनको भूमिका झनै महत्त्वपूर्ण हुनसक्छ । वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सरोकारवाला बिचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप