बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

दिल्ली पुलिस भन्छ– ‘हामीले टेलिभिजन फुटाइएको आवाज पनि सुन्यौँ, कसैले पुष्टि गर्न सक्नुहुन्छ ?’

सोमबार, २८ जेठ २०८१, १२ : १४
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आइतबार राति भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ६ रनको रोमाञ्चक जित हासिल गर्यो । न्यु योर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियममा खेलिएको त्यो खेलमा भारतले कम स्कोर बनाएर पनि नतिजालाई आफ्नो पक्षमा पार्यो ।

टस हारी पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा अलआउट हुनुअघि केवल एक सय १९ रन बनाउन सक्यो । भारतले कम योगफल बनाएपछि धेरैले पाकिस्तानको जित निश्चित रहेको अनुमान गरेका थिए ।

तर, पाकिस्तानी टोलीले पनि निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रनमात्र बनाउन सक्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै चासोका साथ हेरिन्छ । यी दुई चिर प्रतिद्वन्द्वीबिच खेल हुँदा समर्थकहरू निकै ठुलो रकम खर्चिएर टिक खरिद गर्छन् ।

यी दुई राष्ट्रबिच लामो समयदेखि चल्दै आएको राजनीति कटुताको प्रभाव पनि खेलका क्रममा समर्थकहरूबिच देखिन्छ । आफ्नो टोली पराजित हुँदा आक्रोशित बनेका समर्थकले प्रत्यक्ष प्रसारण हेरिरहेको टेलिभिजनमाथि समेत आफ्नो रिस पोख्ने गरेका छन् ।  

त्यसैले भारत र पाकिस्तानबिच खेल हुँदा टेलिभिजन सेट फुटाइएको समाचारहरू पनि बाहिरिन्छन् । यसै क्रममा आइतबार राति भारत र पाकिस्तानबिचको खेलपछि दिल्ली पुलिसले आफ्नो एक्स (ट्विटर) मा एउटा रमाइलो पोस्ट गरेको छ ।

दिल्ली पुलिसले गरेको त्यो पोस्ट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । खासमा दिल्ली पुलिसले न्यु योर्क सिटी पुलिसलाई ट्याग गर्दै आफ्नो पोस्टमा लेखेको छ, ‘हामीले त दुई वटा चर्को आवाज सुन्यौँ । एउटा भारत..भारत भनेको र अर्को सायद, टेलिभिजनको सिसा फुटाइएको । के तपाईँहरू यसको पुष्टि गर्न सक्नुहुन्छ ?’

दिल्ली पुलिसको यो पोस्ट सार्वजनिक भएपछि भारतीय समर्थकहरूले विभिन्न प्रतिक्रिया दिएका छन् । धेरैले यो पोस्टलाई निकै रुचाएका पनि छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप