बहुमत पुग्ने अवस्थामा मात्र राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने
काठमाडौँ । संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । तर सबैभन्दा ठुलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत पाउन मुस्किल देखिएको छ ।
६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्छ । अहिले कांग्रेससँग जम्मा २७ मत रहेका छ । बहुमतका लागि पाण्डेलाई राप्रपासहित स्वतन्त्र एक र नेसपाका सांसदले मत दिनुपर्ने हुन्छ ।
यी तीनै पक्ष बहुमत पुग्ने अवस्था भएमात्र विश्वासको मत दिने अडानमा रहेकाले मुख्यमन्त्री पाण्डे अप्ठ्यारोमा परेका छन् । प्रदेश सभामा दुई सिट रहेको राप्रपाले बहुमत पुग्ने अवस्थामा मात्र विश्वासको मत दिने बताएको छ । राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले बहुमत पुग्ने अवस्थामा मात्र मुख्यमन्त्रीलाई पार्टीले मत दिने स्पष्ट पारे ।
‘मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित भएको अवस्थामा राप्रपाले मतदान गर्छ । विश्वासको मत नपाउने अवस्थामा मत दिँदैन’, रातोपाटीसँग उनले भने ।
नेसपाका सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले पाण्डेलाई विश्वासको मत दिन राप्रपा तयार भए आफूहरुले सहयोग गर्ने श्रेष्ठ आशय थियो ।
यता केही दिनअघि रातोपाटीसँगको कुराकानीमा देवकोटाले गण्डकी सरकार बचाउनका लागि जोसँग बहुमत पुग्ने स्थिति हुन्छ, उसलाई आफूले मत दिने स्पष्ट पारेका थिए । तर उनी अहिले फोन अफ गरेर बसेका छन् ।
समीकरण बदलिए पिच्छै मन्त्री बन्दै आएका मनाङे पनि काठमाडौँबाट पोखरा गइसेका छन् । तर मत दिने नदिने विषयमा निर्णयमा पुगिसकेका छैनन् ।
पाण्डेलाई विश्वासको मत लिनबाट रोक्न विपक्षी एमाले–माओवादी गठबन्धन सक्रिय रहेको छ । विपक्षी गठबन्धनमा एमालेको २२ र माओवादीको (सभामुखबाहेक) ७ गरी २९ सांसद रहेका छन् । माओवादी संसदीय दलको मातहतमा रहेका देवकोटाले फ्लोर क्रस गर्ने चर्चा चलेपनि त्यो सम्भावना नरहेको माओवादीका नेताहरूले बताएका छन् । पाण्डेले बहुमत नपाए उपधारा (५) अनुसार सरकार गठन प्रक्रिया अगाडि बढ्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनाव भगाउन युवकले हजार घरमा चोरी गरेपछि...
-
कांग्रेस, एमाले र माओवादीबिच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेन : अध्यक्ष लिङ्देन
-
सरकारप्रति जनतामा असन्तुष्टि, आक्रोश र वितृष्णा बढ्दै गयो : मोहन वैद्य
-
हेटौँडा–१२ : निर्वाचन लक्षित आमसभादेखि टोल टोलमा पुग्दै नेताहरू
-
तीन साङ्गीतिक ब्यान्डको एकसाथ टुर
-
चीनबाट फर्केलगत्तै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको सङ्केत