जापानमा ‘फर्की फर्की’ को शो हाउसफुल

काठमाडौँ । अनमोल केसी अभिनीत पछिल्लो चलचित्र ‘फर्की फर्की’ स्वदेश सहित विदेशमा समेत प्रदर्शनमा आएको छ । यस्तैमा फिल्मको आइतबार जापानमा पनि प्रदर्शन भएको छ ।
जापानको टोक्यो सहरस्थित नाकानो जिरो हलमा साँझ ६ः ३० बजे आयोजित शोमा हाउसफुल दर्शक रहेका थिए ।
शोमा सहभागी हुन अभिनेता अनमोल केसी जापान पुगेका थिए । शोमा अनमोलसँग सेल्फी खिच्ने र उनलाई उपहार दिनेको भिड लागेको थियो ।
शोको आयोजना भिजोनिय कम्पनीले गरेको थियो । कार्यक्रममा अनमोल पुग्नासाथ फ्यानहरुले घेरेका थिए । कार्यक्रममा अनमोले फ्यानसँग हात मिलाउँदै, फूलको गुथा लिँदै र सेल्फी खिच्दै कार्यक्रम स्थलमा पुगेका थिए । फिल्म सुरु हुनु अघि अनमोलले कोनिचिवा जापान भन्दै सम्बोधन गर्दा हल भरि ताली र सिट्ठी बजेको थियो । कार्यक्रममा जापानका लागि नेपालका राजदूत दुर्गा बहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्युरे लगायतको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल