बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रभु बैँक र सौराहाका १६ भन्दा बढी होटल र रेस्टुरेन्टबिच छुट सम्झौता

सोमबार, २८ जेठ २०८१, ११ : १०
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहबिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख साङ्ग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्वारा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरूका लागि आवासमा ८ देखि १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छुटहरू प्राप्त गर्न सकिने छ । 

सहभागी होटेलहरूको सूची निम्नअनुसार छ :

Hotel Aikawa Inn(Four Star Hotel), Sapana Village Lodge, Siddartha Villas Banbas,Chitwan (Hotel Banbas Chitwan ),Hotel Wildlife Camp, Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel, Hotel Royal Safari, The Park Century Hotel(Villagio Restaurent and Hotel), Travellers Jungle Camp, Hotel  Mirage, Open Sekuwa Corner, River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge, Royal Tiger Luxury Hotel.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप