इजरायलका मन्त्री गान्ट्जले दिए राजीनामा
तेल अभिभ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेनी गान्ट्जले राजीनामा दिएका छन् । गान्ट्जल देशको आपतकालीन सरकारको मन्त्रीबाट राजीनामा दिएका हुन् ।
यस कदमलाई युद्धपछि गाजाको विषयमा प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको योजनालाई लिएर दुईबिचको मतभेदको गहिराइ रहेको सङ्केतको रुपमा हेरिएको छ । गान्ट्जले आइतबार तेल अभीभमा पत्रकार सम्मेलन गर्दै आफ्नो राजीनामाको घोषणा गरे । आफूले यो निर्णय ‘भारी मनका साथ’ लिएको उनको भनाई थियो ।
‘दुर्भाग्यवश नेतन्याहुले वर्तमान सङ्कट अन्त्य गर्न आवश्यक रहेको साँचो जीतसम्म पुग्नबाट रोकिरहेका छन्,’ सो अवसरमा उनले भनेका थिए । गान्ट्जलाई आगामी चुनावमा नेतान्याहुका लागि चुनौती मानिएको छ । गान्ट्जले नेतान्याहुसँग चुनावको नयाँ मिति तय गर्न आह्वान गरेका थिए ।
‘बेनी, यो अभियान छाड्ने समय होइन, सेनामा भर्ती हुने समय हो’ उनको राजीनामाबारे नेतान्याहुले ट्वीटरमा लेखेका छन् । इजरायली विपक्षी नेता यायर लिपिडले गान्ट्जलाई सोशल मिडियामा समर्थन गरेका छन् ।
‘उनको निर्णय आवश्यक र सही छ’ उनले भनेका छन् । गान्ट्जको राजीनामाको लगत्तै अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरले युद्ध मन्त्रिपरिषद्मा ठाउँ मागेका छन् । बेन–गवीर दक्षिणपन्थी गठबन्धनको हिस्सा हुन् । गठबन्धनले अमेरिकी राष्ट्रपति जो बाइडेनको युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गरेमा सरकार छोड्ने र सरकार ढाल्ने धम्की दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुक्त व्यवस्थित कीर्तिपुर नगरपालिका बनाउने छु : शिवशरण महर्जन
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी