जनताले सशक्त प्रतिपक्ष चुनेको छ, यो लोकतन्त्रका लागि स्वस्थ सङ्केत : रजनीकान्त

नयाँ दिल्ली । नरेन्द्र मोदीले आइतबार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन् ।
शपथ ग्रहण समारोहमा शाहरुख खान, अनुपम खेर, अक्षय कुमार, राजकुमार हिरानी पनि सहभागी थिए । थलाइवा रजनीकान्त पनि समारोहमा सहभागी भए ।
रजनीकान्त आइतबार बिहान चेन्नईबाट दिल्ली प्रस्थान गरेका थिए । जवाहरलाल नेहरू पछि नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने कुरामा चेन्नई एयरपोर्टमा रजनीकान्तलाई के भन्नुहुन्छ भनेर सोधिएको थियो।
यसबारे रजनीकान्तले भने, ‘यो ऐतिहासिक क्षण हो । नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु।’ रजनीकान्तले यस लोकसभा चुनावमा जनताले उनीविरुद्ध सशक्त प्रतिपक्षलाई चुनेको र यो लोकतन्त्रका लागि स्वस्थ सङ्केत भएको बताए ।
रजनीकान्त हालै आध्यात्मिक यात्रामा निस्किएका थिए । त्यतिबेला पनि चेन्नई एयरपोर्टमा जब उनलाई चुनाव र प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्बन्धित प्रश्न सोधिएको थियो । तर उनले जवाफ दिन अस्वीकार गरेका थिए ।
रजनीकान्त चाँडै नै फिल्म ‘वेट्टैयन’मा देखिनेछन् । जनवरीमा सुरु भएको फिल्मको छायाङ्कन यो मे १४ मा सकिएको थियो ।
यो तमिल फिल्ममा रजनीकान्तसँगै अमिताभ बच्चन, फहद फाजिल, राणा दग्गुबाती पनि देखिनेछन् । फिल्म अक्टोबर २०२४ मा रिलिज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ
-
कुवेतविरुद्ध कुशल भुर्तेलको अर्धशतक
-
मणिलेक बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, सभापतिमा मनोज दत्त ओझा
-
अवैध लागू औषधसहित एक जना पक्राउ
-
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीनको चोङकिङ