मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय

जम्मु काश्मिरको रियासीमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली प्रहार

आइतबार, २७ जेठ २०८१, २२ : ५४
आइतबार, २७ जेठ २०८१

भारतको जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी नौ जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले भने, “यो निकै दुर्भाग्यपूर्ण घटना हो । सुरुमा हामीले प्राप्त गरेको जानकारीअनुसार यात्रुबाहक बसमा बसमा आतङ्कवादी आक्रमण भएको  (गोली चलाइएको) थियो ।

बस शिवखोरी मन्दिरबाट कटरातर्फ जाँदै थियो ।

“आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको थियो”, एसएसपीले भने, “उद्धार कार्य पूरा भएको छ ।”

उनले नौ जनाको मृत्यु भएको र ३३ जना घाइते भएको बताए । 

 उनीहरूलाई तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा रेफर गरिएको थियो । 

“ती यात्रु स्थानीय थिएनन् । उनीहरुको पहिचान खुल्न सकेको छैन तर प्रारम्भिक रिपोर्टअनुसार उनीहरु उत्तर प्रदेशका हुन्,” शर्माले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप