श्रद्धालु बोकेको बसमा आक्रमण, ९ जनाको मृत्यु
आइतबार, २७ जेठ २०८१, २२ : २५

जम्मू । जम्मू कश्मीरको रियासीमा चरमपन्थीहरुले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन् । यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
रियासीकी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, ‘शिवखोरीबाट कटरातर्फ गइरहेको बसमा आतङ्ककारीहरूले आक्रमण गरी गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ आक्रमणका कारण चालकले सन्तुलन गुमाएर बस खाल्डोमा खसेको थियो। उद्धार कार्य पूरा भइसकेको छ।
‘अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। ३३ जना घाइते भएका छन्,’ उनले भनिन्, "प्रारम्भिक जानकारीमा उत्तर प्रदेशका मानिसहरू बसमा यात्रा गरिरहेको खुलेको छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष
-
एसियाली खेलकुदमा क्रिकेट पनि समावेश गरियो