विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसद्मा पठाए नीति तथा कार्यक्रम पेस गर्ने पत्र
आइतबार, २७ जेठ २०८१, १८ : ०४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । उनले सोमबार दिउँसो ३ बजे विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ ।
२७ सिट रहेको कांग्रेसका सांसद मात्रै उनको पक्षमा छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर, पाण्डेले संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद् सचिवालयमा पठाएका छन् ।
मंगलबार संसद्मा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएका संसद् सचिवालयले जनाएको छ । विश्वासको मतको टुंगो नलाग्दै पाण्डेले नीति तथा कार्यक्रम पेस गर्ने सूचना पठाउनुमा उनी विश्वासको मत पाउनेमा ढुक्क देखिन्छन् ।
पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिने सम्भावना छ । तर यतिले मात्र उनलाई बहुमत पुग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा