मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

गजुरीबाट हराएका १५ वर्षीय किशोरको शव फेला

आइतबार, २७ जेठ २०८१, १५ : २५
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव भेटिएको छ । त्रिशूलीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

जेठ २६ मा घाटवेशीबाट सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । कोइरालाको अवस्था अझै अज्ञात छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप