जसपापछि दोस्रो तारो हामी बन्यौँ : माधव नेपाल
_YZpCfqX3pr.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यादेश ल्याएर आफ्नो पार्टीलाई सिध्याउन खोजिएको दाबी गरेका छन् ।
आइतबार पार्टीले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कम्युनिस्टहरूले नै आफ्नो पार्टी सिध्याउन खोजेको दाबी गरेका हुन् ।
उनले एउटा अध्यादेश ल्याएर जसपापछि एकीकृत समाजवादीलाई स्वतन्त्रको हैसियतमा सांसदहरूलाई पुर्याएर सिध्याउन खोजिएको दाबी गरे ।
‘कम्युनिस्ट भनौदाहरु नै कम्युनिस्टलाई सिध्याउन चाहिरहेका छन् । तपाईहरुलाई थाहा छ कि छैन ?’, प्रश्न गर्दै नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई पुर्याउने काम भयो, दोस्रो तारो हामी बनेका हौँ । यो यथार्थ बुझेनौँ भने हाम्रो गफले मात्र केही हुनेवाला छैन,’ उनले कुराले चिउरा नबुझ्ने भन्दै यथार्थलाई बुझेर अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’
-
माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड
-
दुर्गा प्रसाईँको प्रहरीलाई छक्काउने योजना यसरी भयो विफल
-
तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली
-
कौरा नृत्यमा छमछमी नाचे विदेशी पर्यटक