इन्डिया गठबन्धनले नीतिश कुमारलाई प्रधानमन्त्री बनाउन चाहेको थियो ?

नयाँ दिल्ली । भारतको बिहारका मुख्यमन्त्री तथा जनता दल युनाइटेडका नेता नीतिश कुमारलाई कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबाट प्रधानमन्त्री पदको अफर गरेको हल्ला चलेको थियो । यस विषयमा पूर्णियाबाट नवनिर्वाचित स्वतन्त्र सांसद पप्पु यादवले प्रतिक्रिया दिएका छन् ।
‘मलाई थाहा छैन नीतिश कुमारलाई कसले प्रधानमन्त्री पदको प्रस्ताव गर्यो । यस्ता कुरा गर्नेहरूले किन प्रमाण दिँदैनन् ?’ समाचार एजेन्सी एएनआईसँग कुराकानीका क्रममा उनले प्रश्न गरेका छन् ।
‘उनलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको थियो भने, उनले स्वीकार गर्नुपथ्र्याे । बिहारबाट पहिलो प्रधानमन्त्रीको रूपमा उनको नाम दर्ता हुने थियो । उनले इतिहास रच्थे । यदि प्रधानमन्त्री पदको प्रस्ताव गरिएको थियो भने उनले लिनुपथ्र्याे । यसले तुरुन्तै बिहारलाई विशेष राज्यको दर्जा पाउन सजिलो हुने थियो,’ उनले भनेका छन् ।
जुन नेताहरूले नीतिश कुमारलाई इन्डिया गठबन्धनको राष्ट्रिय संयोजक बनाउन अस्वीकार गरेका थिए तिनीहरूले नै उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको जनता दल (युनाइटेड)का नेता केसी त्यागिले हालै एक अन्तरवार्तामा बताएका थिए । यसपछि इन्डिया गठबन्धनले साँच्चै नीतिश कुमारलाई प्रधानमन्त्री पदको प्रस्ताव गरेको हो कि होइन भन्ने बहस चर्किएको थियो । अब त्यसको समर्थन र खण्डनमा नेताहरूको भनाइ आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्