कर्णाली प्रदेश
कर्णालीको नीति तथा कार्यक्रम पारित
आइतबार, २७ जेठ २०८१, १४ : ३९

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको नवौँ बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । यसअघि बुधबार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१/०८१ का लागि ८४ बुँदे नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेका थिए ।
निरन्तरको छलफल पश्चात उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा २५ जना सांसदले सुझाव दिएका थिए । अधिकांश सांसदहरूले नीति, कार्यक्रम विगतकै निरन्तरता भएको र भाषा र शैली मात्रै बदलिएर आएको बताएका थिए ।
मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरूले दिएका सुझाव सकारात्मक रूपमा लिइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का
-
इरान र अमेरिकाबिच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै
-
हेड टु हेडमा अघि तर लय गुमाएको राजस्थान र लखनउबिच भिडन्त
-
एउटा खुट्टै काटेर भएपनि एनआरएन जोगाउनुपर्छ : अभियन्ता शर्मा
-
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह