माधव नेपालको चेतावनी– भ्रष्टाचार र जाँडको घैँटोमा डुब्नेलाई छुट दिन सकिँदैन
_YZpCfqX3pr.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युवाका नाममा जाँड रक्सी खाएर घैँटोमा चुर्लुम्म डुब्नेहरूलाई पार्टीमा छुट दिन नसकिने बताएका छन् । साथै उनले त्यस्तालाई पार्टीमा स्थान समेत दिन नसकिने बताए ।
आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टीको अस्तित्व जोगाउनु पहिलो कर्तव्य भएको पनि बताए । उनले पार्टीलाई बलियो बनाउने दोस्रो कुरा, पार्टीलाई सशक्त र क्रान्तिकारी बनाउन युवाहरूलाई आकर्षण गर्ने महत्त्वपूर्ण कुरा भएकाले असल चालचलन भएका युवाहरूलाई पार्टीले जहिल्यै अवसर दिने बताए ।
‘युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन सकिँदैन’, अध्यक्ष नेपालको भनाइ छ ।
उनले विचारमा प्रष्टता र अनुशासन पालन गर्नेहरूलाई स्वागत गर्नुपर्ने भन्दै लोकप्रियतावादका निकै ठुला भ्रम पार्ने कामहरू भइरहेकाले त्यसबाट बच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन
-
बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान
-
आगामी बजेटका चुनौती
-
होमस्टेमा सरकारको लगानी, बालुवामा पानी
-
अफगानिस्तानमा गयो भूकम्प