आलसको दानाको सेवनले कसरी गर्छ कोलेस्ट्रोल नियन्त्रण ?
काठमाडौँ । आलस प्राकृतिक सुपरफुड हो । यो सेवनका अनेक फाइदा छन् । खासगरी मुटुको स्वास्थ्यको लागि यसलाई रामवाण नै मानिन्छ । आलसको दानालाई कयौँ तरिकाले खान सकिन्छ । नेपालीहरूको घरमा यसलाई अचारमा छोपको रूपमा बढी प्रयोग गरिन्छ । अहिलेको हाम्रो जीवनशैली र खानपानका कारण धेरैले आफ्नो कोलेस्ट्रोल बढेको भनेर गुनासो गरेको सुनिन्छ । कोलेस्ट्रोल घटाउन अलसको दाना धेरै लाभदायक छ ।
१. ओमेघा–३ फ्याटी एसिडः आलसको दानामा अल्फा–लिनोलेनिक एसिड (एएलए) नामक ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । यसले गुड कोलेस्ट्रोल एचडीएल)लाई बढाउने अनि ब्याड कोलेस्ट्रोल (एलडीएल)लाई घटाउन मद्दत गर्छ ।
ओमेगा–३ फ्याटी एसिडले विशेष गरी एएलए, सुन्निएको कम गर्दछ र धमनीको पर्खाललाई स्वस्थ राख्छ । यसले धमनीहरूमा पत्र बन्न दिँदैन अनि कोलेस्ट्रोलको स्तर नियन्त्रणमा राख्छ ।
२. फाइबरः आलसको दानामा घुलनशील र अघुलनशील दुवै खाले फाइबर पाइन्छ । यी फाइबरले पाचन सुधार्छ र कोलेस्ट्रोल घटाउन मद्दत गर्छ ।
आलसमा पाइने घुलनशील फाइबरले पाचन प्रणालीमा जेल जस्तो पदार्थ बनाउँछ । यसमा पित्त अम्ल टाँसिन्छ र शरीरबाट बाहिर निस्किन्छ । यसरी आलसको सेवन गर्दा शरीरमा पित्त अम्ल घट्छ । यसको कमी पूर्ति गर्न कलेजोले बढी कोलेस्ट्रोल प्रयोग गर्छ र रगतमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।
३. लिगनन्सः आलसको दानामा लिगनन्स नामक एन्टिअक्सिडेन्ट हुन्छ । यसले हर्माेनल सन्तुलन कायम राख्छ र हृदयसम्बन्धी रोग लाग्ने जोखिम कम गर्छ ।
लिगनन्स एन्टी अक्सिडेन्ट हो । यसले कोलेस्ट्रोलमा हुने अक्सिडेशनलाई रोक्ने काम गर्छ । अक्सिडाइज्ड कोलेस्ट्रोल धमनीहरूमा पत्र बनेर बस्छ । यसले हृदय रोग निम्त्याउन सक्छ । लिगनन्सले यो प्रक्रिया रोक्छ र मुटु स्वस्थ राख्छ ।
कसरी खाने आलसको दाना ?
१. धुलोको रूपमा: आलसको दानालाई पिसेर धुलो बनाउनुहोस् । यसलाई अचारमा छोपको रूपमा खान सकिन्छ । दही, स्मूदी वा सलादमा पनि आलसको धुलोलाई हालेर सेवन गर्न सकिन्छ । आलसको धुलोलाई पानीमा हालेर सोको पानी पनि खान सकिन्छ ।
२. सीधै दानाको सेवनः आलसको दानालाई सिङ्गै पनि खान सकिन्छ । यसमा भएको सबै पोषक तत्त्वहरू शरीरले प्राप्त गरोस् भन्ने चाहनु हुन्छ भने यसको दानालाई राम्ररी चपाएर मिहिन पारेर निल्नु पर्छ ।
३. तेलको रूपमा: असलीको दानाबाट तेल पनि निकाल्न सकिन्छ । आलसको दानाबाट तेल निकाल्ने राम्रो विकल्प हो । यसको तेललाई सलादमा ड्रेसिङको रूपमा वा अन्य खानेकुरामा मिसाएर खान सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता