गण्डकी प्रदेश
मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत
आइतबार, २७ जेठ २०८१, १४ : ११

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग विश्वासको मत मागेका छन् । आइतबार ओैपचारिक पत्र लेखेर दलको तर्फबाट मत मागेका हुन् । पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् ।
‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ,’ उनले भने, ‘राजनीतिक दलहरू बिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडी बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ एमालेसँग गण्डकी प्रदेशसभामा २२ सिट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म