प्रभाव पार्न सक्ने खेलाडी- विराट कोहली (भारत)

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्, विराट कोहली । उनी भारतीय टोलीका प्रभावशाली ब्याट्सम्यान हुन् । कोहली टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानविरुद्ध पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् ।
कोहलीले टी–२० विश्वकपमा हालसम्म २८ खेल खेल्दै एक हजार एक सय ४२ रन बनाएका छन् । उनको उच्च स्कोर भने अविजित ८९ रन हो । टी–२० विश्वकपमा उनले १४ वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् ।
३५ वर्षीय अनुभवी ब्याट्सम्यान विराटले भारतका लागि २६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । उनले देशका लागि एक सय १३ टेस्टको एक सय ९१ पालीमा कुल आठ हजार आठ सय ४८ रन बनाएका छन् ।
टेस्टमा उनको उत्कृष्ट प्रदर्शन अविजित दुई सय ५४ रन हो । उनले २९ शतक र ३० वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले एक सय ११ वटा क्याच पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले दुई सय ९२ खेल खेल्दै कुल १३ हजार आठ सय ४८ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय ८३ रन हो । यस क्रममा उनले ५० शतक र ७२ वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ५१ वटा क्याच पनि लिएका छन् ।
यसैगरी उनले एक सय १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटका एक सय १० पालीमा कुल चार हजार ३८ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय २२ रन हो । उनले एक शतक र ३७ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ५३ वटा क्याच पनि लिएका छन् ।
यसका अतिरिक्त पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कोहलीको दबदबा देखिन्छ । कोहलीले पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रियको १० पालीमा ८१.३३ को औसतले रन बनाएका छन् ।
कोहलीले पाकिस्तानभन्दा बढी रन बंगलादेशविरुद्ध मात्र बनाएका छन् । टी–२० विश्वकपमा कोहलीले पाकिस्तानविरुद्ध कुल तीन सय आठ रन बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा
-
माओवादीले भन्यो– रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ
-
मानव र वन्यजन्तु द्वन्द्व घटाउन कम्दी करिडोरमा ९५ वटा क्यामेरा जडान
-
अन्तर्राष्ट्रिय परिस्थितिका कारण नयाँ सुरक्षा चुनौती : सेना
-
जुम्लामा स्याउ रोप्दै विप्लव
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु