प्रधानमन्त्री भारत प्रस्थान
महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
आइतबार, २७ जेठ २०८१, १३ : ४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारत प्रस्थान गरेसँगै राष्ट्रपतिले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन् ।
आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री