राजनराज र टिकाको ‘फेरि भेट कहिले होला’ सार्वजनिक
आइतबार, २७ जेठ २०८१, १३ : २१
काठमाडौँ । राजनराज सिवाकोटी र टिका सानुको स्वर रहेको गीत ‘फेरि भेट कहिले होला नि’ सार्वजनिक भएको छ । टिकाकै शब्द रहेको गीतमा राजनराजले सङ्गीत दिएका छन् ।
विद्यालयमा अध्यापन गराउने शिक्षकको प्रेम देखाइएको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् ।
भिडियोमा राजनराज र टिकाकै अभिनय छ । मौसमको नै कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ ।