मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खच्चडहरु हिँडिरहेका बेला कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि

उद्धारका लागि समस्या, लट्ठा काटे खच्चड नदीमा खस्ने सम्भावना
आइतबार, २७ जेठ २०८१, १२ : ११
आइतबार, २७ जेठ २०८१

सुर्खेत । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिदा १३ वटा खच्चर हरु फसेका छन् ।  अछामबाट आइतबार दैलेखको खिड्की जीउला बजार सामान  ल्याउन आउँदै गरेका खच्चडहरु लट्ठा चुँडिएपछि जालीमा खुट्टा छिर्दा खच्चडहरू फसेका हुन् । 

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४, खिड्की जीउला जोड्ने उक्त झोलुङ्गे पुल निकै पुरानो हो । इलाका प्रहरी कार्यालय राकमबाट अहिले घटनास्थलमा खटिएका सहायक हल्दार दीपक कठायतका अनुसार पुलका तीन वटा लट्ठा चुटेको छ । 

‘एकातर्फका लट्ठा चुटेर पुल अर्कोतिर फर्किएको छ, खच्चरका खुट्टा जालीमा पसरे अड्किएका छन्,’उनले रातोपाटीसँग भने ।उनका अनुसार १३ मध्ये नजिकै भएको एउटा खच्चरको उद्धार भएको छ भने अहिले १२ वटा खच्चर अड्किएको छन् । 

उद्धारका लागि राकमबाट ७ जना प्रहरी टोली, जिल्लाबाट प्रहरी, सशस्त्रको टोली आइरहेको छ भने अछामबाट पनि आइरहेको छ । कठायतका अनुसार उद्धार गर्न निकै समस्या छ । ‘कि पुरै जाली काट्नुपर्ने हुन्छ, त्यसो गर्दा पनि नदीमा खच्चर खसेर मर्ने सम्भावना हुन्छ,’उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप