शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा छुट दिने

आइतबार, २७ जेठ २०८१, १० : ४९
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले ज्याला र जर्तीमा भारी छुट दिने भएको छ । सुनको मूल्य बढिरहेको सन्दर्भमा रिद्धि सिद्धिले ग्राहकलाई ज्याला र जर्तीमा छुट दिने योजना ल्याएको हो । 

जसअनुसार अब १२ प्रतिशत ज्याला जर्ती शुल्क घटाएर ७ प्रतिशत कायम गरिएको छ । यो योजना असार १५ गतेसम्म लागू हुने व्यवसायी नरेन्द्र गुप्ताले जानकारी दिए । 

उनका अनुसार यो अफर ५ ग्राम भन्दा बढी २४ क्यारेटका सुन खरिद गर्ने ग्राहकको हकमा लागु हुनेछ । श्री रिद्धि सिद्धि ज्वेलर्स विशाल बजारस्थित पसल नम्बर १ र १० मा सञ्चालनमा रहेको छ । 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिका साथै सरकारले भन्सार दर समेत वृद्धि गरेपछि सुनको मूल्य वृद्धि हुँदै आएको छ । आइतबार सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप