अदालत
कोशी प्रदेश विवाद : पूर्ण इजलासमा तोकियो पेशी
आइतबार, २७ जेठ २०८१, ११ : ०३
![कोशी प्रदेश विवाद : पूर्ण इजलासमा तोकियो पेशी](https://npcdn.ratopati.com/media/news/koshi-province-dispute-sc_M8GYNKF7LJ.jpg)
काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइको पेशी तोकिएको छ । न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको पूर्ण इजलासमा पेशी तोकिएको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा पराजयपछि अब कसरी अघि बढ्लान् अरविन्द केजरीवाल ?
-
ट्रम्प सरकारमा मन्त्रालय सम्हालिरहेका मस्कलाई अदालतले दियो यस्तो झट्का ?
-
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
-
एक दशकदेखि अलपत्र विष्णुमति पुल किन सञ्चालनमा आएन ?
-
मिनी ट्रक अनियन्त्रित भई पल्टिँदा १९ चौपाया मरे
-
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प