नेपाल प्रहरीको छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि नेपाल बैंकद्वारा ३० लाख सहयोग

काठमाडौँ । नेपाल बैैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमर/सहिद, अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र बहालवाला प्रहरी हवल्दार दर्जासम्मका सन्ततिहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अक्षयकोष स्थापनार्थ रू.३० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग गरिउको हो ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा “नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति” कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल बैैक लिमिटेड र नेपाल प्रहरी बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू तथा प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले रू.३० लाख रकमकोे चेक प्रहरी बरिष्ठ उपरिक्षक रेवती ढकाललाई हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन