युगान्डाको नाममा बन्यो खराब कीर्तिमान

गुयाना । वेस्ट इन्डिजसँग हार बेहोर्ने क्रममा युगान्डाले एउटा खराब कीर्तिमान आफ्नो नाममा दर्ता गरेको छ । आइतबार बिहान भएको खेलमा युगान्डा वेस्ट इन्डिजसँग १ सय ३४ रनको विशाल अन्तरले पराजित भएको हो ।
वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा टोली १२ ओभरमा मात्र ३९ रनमा अल–आउट बनेको हो । टोलीका लागि जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
योसँगै युगान्डाले आईसीसी पुरुष टी–२० विश्वकपमा सबैभन्दा कम स्कोरको रेकर्ड बराबरी गरेको छ । यसअघि नेदरल्याण्ड्सले सन् २०१४ मा श्रीलंकाविरुद्ध ३९ रन नै बनाएको थियो ।
यता, १ सय ३४ रनको जित रनको हिसाबले टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजको सबैभन्दा ठुलो अन्तरको जित हो । यसअघि टोलीले पाकिस्तानलाई ८४ रनले हराएको थियो ।
खेलमा ५ विकेट लिएका अकिल होसेनले टी–२० मा वेस्ट इन्डिजका लागि दोस्रो उत्कृष्ट प्रदर्शन गरेका छन् । ४ ओभर बलिङ गरेका उनले मात्र ११ रन खर्चेर ५ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले खुलायो पदिक तथा बिल्लादार पदमा आवेदन (सूचनासहित)
-
सहकारीमा देखिएका समस्या र समाधान
-
लगातार चार हारपछि धोनीको कप्तानीमा कोलकातालाई चुनौति दिँदै चेन्नई
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?