शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
इजरायल–हमास युद्ध

इजरायली सेनाद्वारा गाजाबाट चार बन्धक उद्धार

कारबाहीमा कति प्यालेस्टिनी मारिए ?
आइतबार, २७ जेठ २०८१, ०९ : ५४
आइतबार, २७ जेठ २०८१

तेल अभिभ । इजरायलले हमासको कैदबाट आफ्ना चार बन्धकलाई मुक्त गरेको छ । इजरायली सेनाले ती बन्धकहरूलाई उद्धार गर्न विशेष अभियान सुरु गरेको थियो। प्यालेस्टिनी अधिकारीहरूले बन्धकहरूलाई मुक्त गर्न इजरायली कारबाहीमा धेरै सर्वसाधारण मारिएको बताएका छन् । 

रिहा भएपछि बन्धकहरुले आ-आफ्ना परिवारलाई भेटेका थिए। नोआ अरगामनी (२७), अलमोग मिर (२२), आन्द्रेई कोज्लोभ (२७) र सलोमी जिभ (४१) लाई शनिबार उद्धार गरिएको हो । यी सबै इजरायली नागरिकलाई हमासले नोभा म्युजिक फेस्टिभलबाट अक्टोबर ७ मा अपहरण गरेको थियो।

20240608-hostage

इजरायली सेनाले यी बन्धकहरूलाई उद्धार गर्न सुरु गरिएको अपरेसन निकै ‘जोखिमपूर्ण र जटिल’ भएको बताएको छ। यस अपरेसनका क्रममा नुसरत क्षेत्रमा इजरायली सैनिक र हमास लडाकुबिच निकै झडप भएको थियो । इजरायली सेनाले हवाई हमला पनि गरेको थियो ।

प्यालेस्टिनी अधिकारीहरूले यस कारबाहीमा ठुलो सङ्ख्यामा मानिस मारिएको बताएका छन्। गाजाका दुई अस्पताल, अल-अक्सा र अल-अवदा अस्पताल, ले ७० शवहरू गनेको जानकारी दिएका छन्।

fd581a40-260b-11ef-baa7-25d483663b8e

हमास सरकारद्वारा सञ्चालित मिडिया कार्यालयले यस हमलामा अल-नुसरत शरणार्थी शिविर वरपर इजरायली आक्रमणमा २१० जनाको मृत्यु भएको जनाएको छ। इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आक्रमणमा १०० जनाको मृत्यु भएको अनुमान गरेका छन् ।

बन्धकहरूमध्ये नोआ अरगामनी (चिनियाँ मूलका इजरायली नागरिक) अक्टोबर ७ मा नोभा फेस्टिभलबाट अपहरणमा परेकी थिइन् । मोटरसाइकलमा अपहरण गरेर लैजाँदै गर्दा उनी ‘मलाई नमार, मलाई नमार’ भन्दै चिच्याएको भिडियो समेत सार्वजनिक भएको थियो ।

b14a49b0-2611-11ef-baa7-25d483663b8e.jpg

त्यस्तै आन्द्रेई कोज्लोभ रुसी हुन् र सन् २०२२ मा इजरायल आएका थिए। सलोमी जिभ पनि रुसी हुन् । दुवै जना महोत्सवमा सुरक्षा गार्डको रूपमा कार्यरत थिए । त्यही क्रममा उनको अपहरण भएको थियो ।

ती क्षेत्रहरूबाट सार्वजनिक तस्बिरहरूले भारी बमबारीको प्रमाण देखाउँछ । अस्पतालहरू शव र घाइतेहरूले भरिएको बताइएको छ । त्यसमा बालबालिका पनि परेका छन् ।

यो सङ्ख्या यति धेरै थियो कि घाइतेको उपचार गर्न गाह्रो भएको अस्पतालको भनाई छ । केही अन्य तस्बिरहरूमा मानिसहरू आफ्ना नजिकका व्यक्तिहरूको मृत्युमा शोक मनाइरहेको देखिएको छ ।

–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप