शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

गीतसङ्गीतले सबैतिर चिनायो – गायक शर्मा

आइतबार, २७ जेठ २०८१, ०८ : ३१
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । नेपाली गीतसङ्गीतमा भविष्य छैन भन्ने थुप्रै गायक गायिका छन् । ती भन्दा भिन्न छन् गायक रुद्र शेखर शर्मा । उनले नेपाली गीतसङ्गीतमा भविष्य देखेर एकपछि अर्को गीत सार्वजनिक गरिरहेका छन् ।

केही अगाडि मात्र ‘किन’ बोलको गीत सार्वजनिक गरेका छन् । प्रेमपीडा समेटिएको गीतले थुप्रैले रुचाएका छन् । गीतको कथा धेरै घायल प्रेमीप्रेमीकासँग मेल खाने भएकोले पनि मन पराइएको हुन सक्ने उनले बताए । 

आधुनिक, पप, लोकपप, गजल लगायतका नेपाली गीत गाउँदै आएका शर्माले हिन्दी गीतमा समेत आफ्नो उपस्थिति देखाइसकेका छन् । उनले बलिउडका चर्चित गायक सोनु निगमको गीत ‘जिना अभि बाँकी है’ सोनुसँगै गाएका छन् । जसले उनलाई बलिउडमा समेत चिनाएको छ । त्यसपछि अर्को एक हिन्दी गीत ‘दिल चल् दिया’मा समेत उनले स्वर दिएका छन् । नेपालमा धेरै प्रकारका र हिन्दी गीतमा समेत स्वर दिएका उनी भर्सटायल गायक रूपमा परिचित छन् । 

सानैदेखि गीत गुनगुनाउने शर्मा बाल्यकालमा स्कुल, स्थानीय क्लब र गाउँ घरका विभिन्न कार्यक्रममा गीत गाउँथे । उक्त सबैले धेरैले उनको स्वरको तारिफ गर्थे भने कतिपयले गायनमा लाग्न सुझाउँथे । त्यसैले पनि आफूले गायन रोजेको उनले बताए । ‘गीतसङ्गीत त्यस्तो चिज रहेछ । जसको माध्यमबाट सबैको मनमा बस्न सकिने रहेछ’, गीत रोज्नुको कारण उनले खोले ।  

झापा जन्मिएर काठमाडौँ कर्मथलो बनाएका उनको बुवा गङ्गाप्रसाद (जिपी) शर्मा गीतकार र आमा भूमिका उपाध्याय शिक्षिका हुन् । तर उनीहरूको गीतसङ्गीतमा धेरै रुचि थियो । त्यसैले घरमा  घरमा साङ्गीतिक माहौल भइरहन्थ्यो । त्यही माहौलले उनी पनि सङ्गीत तिर आकर्षित भएका थिए । उनी भन्छन्, ‘मेरो गायन पेसाको पहिलो पाठशाला भनेकै मेरो आफ्नै घर, घरभित्र हुने साङ्गीतिक माहौल हो र मेरो पहिलो साङ्गीतिक गुरुहरू भनेको स्वयम् मेरा आमाबुबा हुन् ।’

श्रृतिसंगीत विद्यालय, परिवर्तन नेपाल लगायतमा संगीतिका औपचारिक अध्ययन गरेका उनी व्यावसायिक गायन अगाडि सिक्ने क्रममा सिनियर गायकहरूको गीतको ट्याकमा समेत स्टेज कार्यक्रम गर्थे । सोही क्रममा उनले पहिलो पटक ‘दुख्दिन म’बोलको गीत रेकर्ड गराउने अवसर पाए । ‘त्यो दिन मेरा लागी अवस्मिरणिय रह्यो’, उनले थपे ‘कस्तो गीत बन्ने हो भन्ने उत्सुकता एकातिर थियो भने भ र गीतलाई सिनियरको प्रतिक्रियाको डर एकसाथ थियो ।’ श्रोताहरूले कसरी लेलान् भन्ने डरैडरमा गीत रेकर्ड गरेको उनले सुनाए । ‘गीत हिट भयो । मैले पनि व्यावसायिक संगीतिक यात्रा थालनी गरे’, उनले सुनाए ।

थुप्रै एकल र फुटकर गीतमा स्वर दिएपछि मात्र उनले 

२०७४ सालमा आफ्नो पहिलो एकल एल्वम् ‘रुपम’लाई बजारमा ल्याए । एल्बममा ५ गीत थिए। सबै गीत हिट भयो । एल्बमले उनलाई नेपाली साङ्गीतिक वृत्तमा थप चर्चाको शिखरमा पुर्‍यायो । 

सबैलाई आदर, सम्मान  स्वभावका उनी सोही एल्बममा समावेश भएको ‘दुख्दिन म’ बोलको गजलबाट गायक शर्माले ‘छैटौँ राष्ट्रिय रापती म्युजिक अवार्ड’मा सर्वोत्कृष्ट नव गायक गजल विधाको अवार्ड समेत हात परे ।

गीतको पनि चर्चा र हौसलाका लागि हातमा अवार्ड परेपछि उनले गायनलाई अझ तीव्रताका साथ अगाडि बढाए ।

सन् २०१९ मा फैलिएको करोना महामारीले सबै क्षेत्र अस्तव्यस्त बनायो । त्यो समय बिरामीका लागि डाक्टर र नर्स निरन्तरता काममा रहे । उक्त समय डाक्टर नर्सहरूको मनोबल उच्च राख्नको लागी उनीहरूलाई देवदूतको रूपमा चित्रित गर्दै ‘देवदूत हौ तिमी’ बोलको गीत उनले बजारमा ल्याएका थिए । त्यसैले राम्रो चर्चा पनि पाए । ‘शीतल ताप्नु, कहिले हाँसोमा’, ‘बर्षौ बित्यो घाम छायामा, अलिकति” लगायत केही गीत उनले साही समय पनि सार्वजनिक गरे । 

त्यसपछि सन्तोष श्रेष्ठको सङ्गीत र गीता सापकोटा हुँमागाईको शब्दमा ‘किन’ बोलको गजल ल्याए । यसले उनलाई सातौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२४ मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड दिलायो ।

उनको अहिले गीतकार जीपी शर्माको शब्द र दीपक शर्माको सङ्गीतमा ‘के होला भोलि’ बोलको गीत बजारमा ल्याउने तरखरमा छन् । गीतमा गायन शर्मालाई गायिका बेनिशा पौडेलसाथ दिएकी छन् । साङ्गीतिक कार्यक्रमका लागि उनी अहिले केही समयदेखि अमेरिकामा छन् । त्यसबाट फर्किएपछि केही नेपाली र हिन्दी गीत बजारमा ल्याउने उनको तयारी छ । गीतसङ्गीतबाट निकै सन्तुष्ट उनी गीतसङ्गीतबाट आफू छिटो र सबैतिर चिनिएका बत्ताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप