बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

इंग्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया समूहको शीर्ष स्थानमा

आइतबार, २७ जेठ २०८१, ०२ : २७
आइतबार, २७ जेठ २०८१

न्युयोर्क । टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।  २ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो ।

जितसँगै अस्ट्रेलिया दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा सीमित छ ।

अस्ट्रेलियालाई जित दिलाउन एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे । कमिन्सले ४ ओभरमा मात्र २३ रन खर्चेर २ विकेट लिए भने जम्पाले २८ रन खर्चेर समान २ विकेट लिए ।

zampa

इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए । उनले २८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । फिल साल्टले २३ बलमा ३७ रन जोडे ।

त्यस्तै, मोइन अलीले २५ तथा ह्यारी ब्रुकले २० रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । टोलीका दुई ओपनर ट्राभिस हेड र डेभिड वार्नरले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

वार्नरले मात्र १६ बलमा सर्वाधिक ३९ रन बनाए । यसक्रममा उनले २ चौका र ४ छक्का हिर्काए । त्यस्तै, हेडले १८ बलमा ३४ रन जोडे । उनले २ चौका र ३ छक्का हिर्काए ।

mitchel marsh

कप्तान मिचेल मार्सले २५ बलमा ३५ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । उनलाई मार्कस स्टोइनिसले ३० रन बनाउँदै साथ दिए । स्टोइनिसले १७ बलमा ३० रन जोडे ।

त्यस्तै, ग्लेन म्याक्सवेलले २५ बलमा २८ रन तथा म्याथ्यू वेडले १० बलमा १७ रन बनाए । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २ विकेट लिए । मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले १–१ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप