आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन बागमती प्रदेशको प्रथम भेलामा विवाद

दुई पक्षद्वारा दुईवटा प्यानल विजयी भएको घोषणा
शनिबार, २६ जेठ २०८१, २३ : ३३
शनिबार, २६ जेठ २०८१

काठमाडौँ । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन बागमती प्रदेशको प्रथम भेलामा विवाद सिर्जना भएको छ । शनिबार सम्पन्न निर्वाचन प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै दुई समूहले आ–आफ्नो प्यानल विजयी भएको घोषणा गरेका हुन् ।

ललितपुरको च्यासल स्थित हिमालय कलेज अफ इन्जिनियरिङमा सम्पन्न निर्वाचनपछि एक समूहबाट इन्जिनियर भगवान कुँवरको अध्यक्षतामा ४७ सदस्य कमिटी निर्वाचित भएको घोषणाा गरिएको छ । यस प्यानलमा उपाध्यक्ष सन्तोष आचार्य र निश्चल लामिछाने, सचिवमा अमृत अधिकारी, सहसचिवमा शिवराज पौडेल, उद्धव रिजाल र दिनेश प्रधान तथा कोषाध्यक्षमा लक्ष्मण खनाल निर्वाचित भएको घोषणा गरिएको छ ।

अर्को समूहबाट इन्जिनियर विश्वराम पराजुलीको अध्यक्षतामा २७ सदस्यीय कमिटी निर्वाचित भएको भनिएको छ । भेलाले नयाँ कमिटी निर्विरोध निर्वाचित गरेको दाबी गरिएको छ ।

सो समूहको कमिटीको उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शनकुमार मल्ल, सहसचिवमा सुमन पोखरेल र प्रशान्त थापा निर्वाचित भएका छन् ।  कमिटीको कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप