आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

शनिबार, २६ जेठ २०८१, २३ : २२
शनिबार, २६ जेठ २०८१

तुलसीपुर । राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार दाङ राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ४० वर्षीय सनबहादुर पुनको मृत्यु भएको हो । 

शीतगङ्गा नगरपालिका–८ को बडिदमार भन्ने स्थानमा आज बेलुका साढे ४ बजेतिर जाल हानेर माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए ।  उनको शव ५० मिटर तल फेला परेको मृतकका भिनाजु रामबहादुर घर्तीले बताए । पुनको शव परीक्षणका लागि लमही अस्पताल राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप