प्रकाशकीय : उपलब्धि र नागरिक अधिकारको रक्षार्थ चट्टानझैँ उभिनेछौँ
![प्रकाशकीय : उपलब्धि र नागरिक अधिकारको रक्षार्थ चट्टानझैँ उभिनेछौँ](https://npcdn.ratopati.com/media/news/prashakiya_mPFFMMFElT.jpg)
शुभ प्रभात ।
२०८१ जेठ २७ को यो बिहानीसँगै रातोपाटी डटकम (www.ratopati.com) १२ वर्षमा प्रवेश गरेको सुखद खबर सुनाउन पाउँदा हामी ज्यादै हर्षित र खुसी छौँ ।
देशमा पहिलो ऐतिहासिक संविधानसभाको निर्वाचनबाट संविधान बन्न नसकिरहेको राजनीतिक सङ्क्रमणको अवस्थामा गहन जिम्मेवारीबोध गर्दै पाठकमाझ उपस्थित रातोपाटीको लामो अविराम यात्रामा निरन्तर साथ र सहयोग गर्नु हुने पाठक, श्रोता–दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकलगायत सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ ।
आदरणीय पाठक, श्रोता–दर्शकलाई थाहै छ, रातोपाटी डिजिटल पत्रकारितामा समाचार, फिचर, विचारहरू अत्यधिक पस्किने अनलाइन हो । यो सत्प्रयास निरन्तर जारी रहनेछ ।
हो, सूचना–प्रविधिको विकाससँगै सामाजिक सञ्जालको उछाल र परम्परागत सञ्चारमाध्यमको मझधारबाट हामी अगाडि बढिरहेका छौँ । यो पत्रकारिताको चुनौतीपूर्ण यात्रा हो । यद्यपि सत्य र निष्पक्ष सामग्रीका लागि समाचारको प्रामाणिकता र प्रशोधनका लागि आज र भविष्यमा पनि डिजिटल पत्रिका रातोपाटीले राजमार्गको यात्रा गरिरहनेछ ।
यो यात्राका क्रममा राष्ट्र, राष्ट्रियता, संविधान र यसले व्यवस्था गरेका उपलब्धि र नागरिक अधिकारहरूको रक्षार्थ रातोपाटी चट्टानझैँ उभिने प्रण गर्दछ । अहिलेको अस्थिर राजनीति, कमजोर अर्थतन्त्र, सामाजिक उतारचढाव र भ्रष्टाचारको दलदलबाट बाहिर निस्कन रातोपाटीले आफ्नो सामर्थ्य अनुसार जोडबल लगाइरहनेछ ।
यो यस कारण पनि भनेका हौँ कि यात्राको थालनी गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज ११ वर्षे अनुभवले खारिएका छौँ । दिनहुँ लाखौँ पाठक, दर्शक–श्रोताको अपार मायाबाट प्राप्त उत्प्रेरणाले हामीलाई थप हौसला र टेवा मिलेको छ ।
यही बलमा अहिले हामीले नेपाली र अङ्ग्रेजी भाषाका माध्यमबाट अक्षर र अडियो–भिडियोमार्फत नागरिकलाई सुसूचित गरिरहेका छौँ । संघीयताको मर्म बमोजिम सातै प्रदेशका जनताका खबर, विचार र आवाज समेट्न सातवटा प्रदेश संस्करण हाम्रो पुँजी र शक्ति हो । प्रवासमा रहेका नेपालीका लागि हामीले ग्लोबल संस्करणको व्यवस्था मिलाएका छौँ ।
तब त हामी ‘सबैको, सबैभन्दा राम्रो’ छौँ र भइरहने सङ्कल्प गर्दछौँ । यो सङ्कल्प यहाँहरू सबैको अझ बढी साथ, सहयोग र स्नेहबाट मात्र साकार हुन सक्छ ।
विजया शर्मा
अध्यक्ष
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म