रातोपाटी टी-२० विश्वकप विशेष
दक्षिण अफ्रिकासामु जितका लागि १ सय ४ रनको लक्ष्य
शनिबार, २६ जेठ २०८१, २१ : ४०

न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकासामु जितका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि साइब्रान्ड एन्जरबर्चटले सर्वाधिक ४० रन बनाए । उनले ४५ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
उनलाई लोगन भान विकले २३ रन बनाउँदै साथ दिए । विक्रमजित सिंहले १७ बलमा १२ रन तथा कप्तान स्कट एडवार्डले ९ बलमा १० रन जोडे ।
दक्षिण अफ्रिकाका लागि ओटनियर बार्टम्यानले ४ विकेट लिए भने मार्को यानसेन र एनरिच नोर्टजेले २–२ विकेट हात पारे ।
दुवै टोलीको यो दोस्रो खेल हो । यसअघि दुवै टोलीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक
-
बागमती नगरपालिकाका निलम्बित मेयर थापाविरुद्ध तेस्रो मुद्दा
-
एमालेमा लाग्दा भड्काउने प्रयास भयो : सुनिता डंगोल
-
४ लाख रुपैयाँको लागुऔषध ट्रामाडोलसहित २ जना प्रहरीकाे नियन्त्रणमा
-
बालेनले उठाए गम्भीर सवाल: सरोज गुरागाईंले गोप्य तरिकाले नक्सा पास गर्नुपर्ने के थियो कारण ?
-
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छ : डा.प्रकाशशरण महत