बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरामा निजी विद्यालयहरूबिच क्रिकेट प्रतियोगिता सुरु

शनिबार, २६ जेठ २०८१, २१ : ३०
शनिबार, २६ जेठ २०८१

बारा । जीतपुर सिमरा उपमहानगरपालिका स्तरीय निजी विद्यालयहरूको सहभागितामा क्रिकेट प्रतियोगिता सुरु भएको छ ।  सिमरा पब्लिक इङ्लिस स्कुलको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा १० वटा निजी विद्यालयका विद्यार्थी समूहहरू सहभागी भएका छन् । 

कक्षा १० सम्मका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा एक्स सर्भिसमेन, आर.भि.एस.एस., पाथीभरा, अक्षरा, सेन्ट अल्फोन्स, मिसन एकेडेमी, लोटस एकेडेमी र न्यु एकता स्कुल छन् ।

आयोजक सिमरा पब्लिक स्कुलका प्रिन्सिपल वसन्त ढकालले राष्ट्रिय स्तरको क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्तरका विद्यार्थीहरूबिच प्रतियोगिता गरिएको बताएका छन् । 

‘क्रिकेटप्रति रुचि राख्ने विद्यार्थीहरू खेल्दै जाने क्रममा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ भनेर विद्यार्थीहरूलाई विशेष अवसर हो यो’ प्रिन्सिपल ढकालले भने– ‘मौसमको प्रतिकूलता र पहिलो पटक प्रतियोगिताको आयोजना गरिएकोले सबै विद्यालयहरू समेट्न सकिएको छैन, अगामी वर्षदेखि पालिका भित्रका सबै निजी तथा सामुदायिक विद्यालयलाई समेट्छौँ ।’

आजदेखि सुरु भएको सो प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै जीतपुर सिमरा उपमहानगरका नगर प्रमुख राजन पौडेलले विद्यालयस्तरमा क्रिकेट खेलको सुरुवात हुनुले भविष्यमा राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सकिने आशा रहेको बताएका छन् ।

नगरप्रमुख पौडेलले उपमहानगर कार्यपालिका अगामी वर्षको बजेट निमार्णको क्रममा रहेकोले क्रिकेट लगायत विद्यालय तहका अन्य खेलकुदलाई सम्बोधन गरेर जाने र विद्यालय तहबाटै खेलकुदको विकास गर्ने जनाएका छन्  ।

१२ ओभरको प्रतियोगिता हुने पहिलो दिनको खेल आयोजक सिमरा पब्लिक स्कुल सिमरा र एक्स सर्भिसमेन डुमरवानाबिच भएको थियो ।  कार्यक्रममा मेयर पौडेलले बलिङ र उपप्रमुख भोलाप्रसाद अधिकारी ब्याटिङ गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए  । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप