आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

क्यान्सर पीडित नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

शनिबार, २६ जेठ २०८१, २० : २६
शनिबार, २६ जेठ २०८१

काठमाडौँ । एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जाने भएका छन् ।

आन्द्रामा तेस्रो स्टेजको क्यान्सरसँग लडिरहेका नक्कली‘प्रचण्ड’को उपनामले चिनिएका घनश्याम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि एक वर्षदेखि ओछ्यानमा थलिएका छन् ।

उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई  गोरेटो कन्सल्टेन्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सल्टेन्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ ।

गोरेटो कन्सल्टेन्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो ।  विगत वर्ष दिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन् ,‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदै छु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप