राजदूत फिर्ता गर्ने निर्णय आपत्तिजनक : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् ।
‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झन्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको शपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
सरकारले गत बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो : गौतम
-
गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी
-
सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल