विकासमा राजनीति हुनुहुँदैन : सभापति बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले विकासमा राजनीति हुनु नहुने बताएका छन् । विकासमा एकता राजनीतिमा अनेकता अहिलेको आवश्यकता रहेको उनले औँल्याए ।
मकवानपुरको मनहरि गाउँपालिकामा ३ वटा नवनिर्मित पक्की पुलको उद्घाटन गर्दै सभापति बानियाँले राजनीतिमा अनेक किसिमका विचारहरू रहनु स्वाभाविक प्रक्रिया भएको औँल्याए । उनका अनुसार विकासमा एकता अनिवार्य हुनुपर्छ । अहिले हामी भित्र राजनीतिसँगै विकासमा समेत एकता हुन नसकेको उनको भनाई छ ।
मनहरिको विकासले सार्थकताको अवस्थामा पाउँदै गरेको उनले बताए । ५ वटा पुल सम्पन्न हुने चरणमा रहेको र निकट भविष्यमा पूर्वाधार विकासमा लगानी बढाएर नागरिकहरूको सहजताका लागि पक्की सडक निर्माण गरेर अघि बढ्नु पर्ने सभापति बानियाँले बताए । सभापति बानियाँले रणनीतिक रूपमा महत्त्वपूर्ण र दीर्घकालीन फाइदा पुग्ने बताए । गाउँपालिकाले सो पुल निर्माणको योजना छनौट गरेर दीर्घकालीन सोसहित अघि बढेको उनको भनाई छ ।
मनहरि गाउँपालिकाले आफ्नै स्रोतबाट ५ वटा पक्की पुल निर्माण सम्पन्न गर्ने चरणमा रहेको छ । पालिकाले आफ्नो आन्तरिक स्रोतबाट चालु आर्थिक वर्षमा ३ वटा पक्की पुल निर्माण सम्पन्न गरेको छ भने २ वटा निर्माणको अन्तिम चरणमा रहेको छ ।
गाउँपालिकाको २० करोड रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो । रणनीतिक योजनाको रूपमा विभिन्न वडाहरू जोड्न उक्त पुलहरू निर्माण गरिएको गाउँपालिका अध्यक्ष रञ्जन काला खेतीले जानकारी दिए । सो स्थानमा पक्की पुल नहुँदा साबिकको हाडीखोला गाविसका स्थानीयहरू समस्या भोग्दै आएका थिए । पक्की पुल नहुँदा सो क्षेत्रका अधिकांश गाउँहरू वर्षयाममा हेटौँडासँग सम्पर्क विहीन हुने गरेको अध्यक्ष काला खेतीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म