हार्डवेयर पसलमा आगलागी, लाखौँको क्षति

रौतहट । रौतहटको सदरमुकाम गौरको एक हार्डवेयर पसलमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। गौर-५ हनुमान चोक स्थित महतो हार्डवेयरमा गए राति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।
महतो हार्डवेयर गोदाममा शुक्रवार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रङ्ग ,पेन्ट बनाउने मेसिन २ थान , ल्यापटप -२ थान, मोटर -१६ थान, सिपिभिसी फिटिङ्ग, पिभिसी फिटिङ्ग, पल्मबिङ्गका सामाग्री, सयौँ थान रङका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ।
हार्डवेयरको उक्त गोदामसँगै रहेको अर्को गोदाम, हार्डवेयर पसल र रामबाबु मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ।
गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताइन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
-
पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने
-
दुई नयाँ पोस्टरमा यस्तो देखियो ‘महाभोज’
-
‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश
-
‘मिसेस डिभा नेपाल २०२५’ बनिन् संगीता