नेपालबाट पनि निर्यात हुन्छ स्मार्टफोन, कुन–कुन देशमा जान्छ ?
काठमाडौँ । नेपालबाट समेत विदेशतर्फ स्मार्टफोन निर्यात हुने गरेको छ । नेपाल विदेशमा उत्पादित स्मार्टफोनको ठुलो बजार हो । वर्षेनी विदेशबाट अर्बौ रुपैयाँको स्मार्टफोन (मोबाइल) नेपाल भित्रिन्छ । तर, नेपालबाट समेत विदेशतर्फ मोबाइलको निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा नेपालबाट ११ करोड २६ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको छ । यस अवधिमा नेपालबाट ९ हजार ८०० वटा मोबाइल निर्यात भएको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । यो चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा हो ।
गत आर्थिक वर्षको यही अवधिमा १२ करोड १४ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको थियो । गत वर्षको तुलनामा चालू वर्षको १० महिनामा स्मार्टफोनको निर्यात घटेको देखिन्छ । तथ्यांकअनुसार यस अवधिमा ८८ लाख रुपैयाँले स्मार्टफोनको आयात घटेको हो ।
नेपालबाट विश्वका ७ वटा देशमा मोबाइल निर्यात भएको छ । १० महिनाको अवधिमा अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, अस्ट्रेलिया, इन्डिया र इटालीमा निर्यात भएको छ । सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा ११ करोड २३ लाख रुपैयाँको स्मार्टफोन निर्यात भएको छ ।
यसबाहेक अन्य मुलुकमा न्यून मात्रामा स्मार्टफोन जान्छ । गत आर्थिक वर्षको १० महिनाको अवधिमा भने भुटान, श्रीलंका र युनाइटेड अरब इमिरेट्समा स्मार्टफोन निर्यात भएको थियो । जसमध्ये सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्समा नै निर्यात भएको थियो । गत वर्षको तुलनामा निर्यात हुने मुलुकको सूची बढे पनि मूल्य भने घटेको हो ।
तर स्मार्टफोनको व्यापारमा नेपाल अर्बौ रुपैयाँले घाटामा छ । चालू वर्षको यो अवधिमा २४ अर्ब १ करोड २४ लाख रुपैयाँको स्मार्टफोन नेपाल भित्रिएको छ । यसअनुसार २३ अर्ब ९४ करोड रुपैयाँले नेपाल घाटामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
-
जीडीपी राष्ट्रवाद
-
अस्ट्रेलियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
-
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
बंगलादेशले स्कटल्यान्डलाई हरायो, अस्ट्रेलियाविरुद्धको खेलअघि नेपाललाई थोरै राहत
-
राजधानीको भोटेबहालबाट धनमाल चोरी भएको घटनामा चार जना पक्राउ