मोबाइलमा ‘टपअप’ मार्फत रिचार्ज गर्ने बढ्दै, घट्यो विदेशबाट आउने रिचार्ज कार्ड
काठमाडौँ । ‘डिजिटल’ माध्यमबाट रिचार्ज गर्ने प्रचलन व्यापक बन्दै गए पनि विदेशबाट करोडौं रुपैयाँको रिचार्ज कार्डको आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा १ करोड ४१ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको हो ।
यस अवधिमा २४ हजार ५४३ वटा रिचार्ज कार्ड आयात भएको तथ्याङ्कमा देखिएको छ । यी कार्ड आयात हुँदा ४८ लाख ८३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यद्यपि, गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने रिचार्ज कार्डको आयात घटेको देखिएको छ ।
पछिल्लो समय दर्जन हाराहारी मोबाइल वालेट छन् । यस्तै सबैजसो बैंकबाट समेत मोबाइलमा रिचार्ज गर्न मिल्छ । बैङ्कहरूले आफ्नो सेवाग्राहीका लागि सञ्चालनमा ल्याएको ‘मोबाइल एप’मा ‘टपअप’को सुविधा राख्छन् । जसबाट प्रयोगकर्ताले रिचार्ज नै किन्नुपर्ने बाध्यता घटेको छ ।
यही कारण गत आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाखदेखि साउन) सम्मको अवधिमा ६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको रिचार्ज कार्ड आयात भएको थियो । सो अवधिमा १ लाख २९ हजार वटा रिचार्ज कार्ड भित्रिएको थियो ।
तथ्यांकअनुसार ५ करोड २८ लाख रुपैयाँले आयात घटेको छ । यस्तै यस अवधिमा १ लाख ५ हजारभन्दा बढीले रिचार्ज कार्डको आयात घटेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा