कफी पारखीहरूका लागि ‘कप टेष्टर च्याम्पियनसिप सुरु’

काठमाडौँ । कफी पारखीहरूलाई लक्षित गरी नेपालमै पहिलोपटक ‘कप टेष्टर च्याम्पियनसिप २०२४’ सुरु भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक दिने कप टेष्टर च्याम्पियनसिप सुरु भएको हो।
कफी पारखीहरूलाई नेपाली कफी चखाउने र अन्तर्राष्ट्रिय बजारमा ब्राण्डिङ गर्ने मुख्य उद्देश्यका साथ द वारिष्टा कफी स्कुल, जोयल हिमालयन कफी विन्स, लेकसिटि कफी र लेकाली कफीले संयुक्त रूपमा आयोजना गरेको हो।
कफी क्षेत्रमा युवाको सहभागिता र भविष्य सुनिश्चितता गराउन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय क्षेत्रमा उचित बजार र बजार मूल्य नपाइरहेको स्थितिमा ब्राण्डिङ गर्ने मुख्य उद्धेश्य कार्यक्रमको रहेको विनायक मल्लले जानकारी दिए ।
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा जति मूल्य पाउनुपर्ने हो त्यो खालको नपाइरहेको र ब्राण्डिङ पनि राम्रो नभैरहेको स्थितिमा यस्तो खालको प्रतिस्पर्धाले थप हौसला प्राप्त हुने आयोजक मध्येका एक मल्लको भनाई छ।
प्रतिस्पर्धामा ४८ जनाले सहभागिता जनाएका छन्। कफी उत्पादक, कफी सपका सञ्चालक, वारिस्ताहरुदेखि कफी पारखीहरूले सहभागिता जनाएको निमातेन्जीङ शेर्पाले बताए। पछिल्लो समय कफी उद्योगमा उत्साह छाइरहेको बेला यस्ता खालका च्याम्पिएनसिपले अझ प्रोत्साहन मिल्ने उनको दाबी छ।
‘मुलुक सानो भए पनि कफी कल्चर बढेको छ, नेपालमा भएको कफी उत्पादकहरू गर्ने धेरै सिपालु रहेका छन्,’ शेर्पाले भने, ‘उनीहरुहरुको क्षमता राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने मुख्य उद्धेश्य हो ।’ २ वर्ष अघि पहिलो पटक यो खालको प्रतिस्पर्धाको आयोजना गरे पनि बिचमा रोकिएको थियो। अव भने हरेक वर्ष यो खालको प्रतिस्पर्धाको आयोजना गर्दै जाने बताए।
यसरी हुन्छ प्रतिस्पर्धा
प्रतिस्पर्धामा सहभागी जो कोही हुनसक्छ । आयोजकले केहि समय अघि सामाजिक सञ्जालमार्फत प्रतिस्पर्धामा सहभागीहरूलाई सार्वजनिक आव्हान गरेको थियो । सोही आधारमा ४८ जनाले आवेदन दिएका थिए । आवेदन दिएकाहरूलाई विभिन्न चरणमा प्रतिस्पर्धा गरिन्छ ।
एक जनालाई पहिलो चरणमा तीन कप कफी राखिएको हुन्छ । ती मध्ये २ वटा एउटै स्वादको र अर्को केहि फरक हुन्छ । प्रतिस्पर्धीले ३ मध्ये १ कफ चाखेर फरक छुट्टाउनुपर्छ । निर्णायकले त्यो सही हो या हैन भन्ने छुट्टाएको हुन्छ।
त्यही आधारमा तीन चरणसम्म पार भएपछि फाइनलमा पुगिन्छ । सुरुवाती चरणमा केहि सहज हुँदै गए पनि पछि केहि गाह्रो हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा उत्कृष्ट हुनेले अन्तर्राष्ट्रिय स्तरमा हुने कफी टेस्ट प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । विदेशमा यो खालको प्रतिस्पर्धा हरेक वर्ष हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु