सुष्मा कोइराला अस्पतालमा जलन उपचार सम्बन्धी राष्ट्रिय तालिम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा ईन्टरर्बन र ईन्टरप्रलास्ट नेपालको प्राविधिक सहयोगमा सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा एक दिने राष्ट्रिय स्तरको जलनमा आधारभूत तालिम कार्यक्रम गरिएको छ । तालिममा सातै प्रदेशका सरकारी अस्पतालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा जलनको अवधारणगत पक्ष, प्राथमिक उपचार, जलन बिरामीको अवस्था पहिचान तथा व्यवस्थापन, जलन पोषण, प्रेषण र पुनर्स्थापनाको महत्त्व, विधि र व्यवस्थापन जस्ता कुरामा छलफल तथा सत्र सञ्चालन गरिएको अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले जानकारी दिए ।
तालिम ईन्टरर्बन दक्षिण एसियाका प्रमुख प्रशिक्षक डा रोजिना शिल्पकार स्वार लगायतका प्रशिक्षकहरूले अस्पतालका प्रतिनिधिहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।
विश्व स्वास्थ्य सङ्गठन को २००९ को प्रतिवेदन अनुसार नेपालमा बर्सेनि रूपमा ५५ हजार व्यक्ति साधारण देखि जटिल जलनका पीडित हुने गरेका छन् भने झन्डै २ हजार १ सय जनाको मृत्यु हुने तथ्याङ्कले देखाएको छ । समयमै उपचार नपाएर आगोले पोलेर अङ्गभङ्ग हुनेको सङ्ख्या समेत बढ्दो रहेको छ ।
नेपालकै पहिलो जलन रोगको उपचार गर्ने सुष्मा कोइराला मेमोरियल अस्पतालमा बर्सेनि रूपमा १ हजार ५ सय भन्दा बढी जलनका बिरामीहरूको उपचार गर्दै आइरहेको छ । ईन्टरर्बन र ईटरप्लास्ट नेपाल जलनरोकथाम सम्बन्धी विभिन्न क्रियाकलापहरु गर्ने अन्तराष्ट्रिय गैर सरकारी तथा गैर सरकारी संस्था हो जसले जलन सम्बन्धी विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्नमा तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना