स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै
काठमाडौँ । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरू यसको सिक्वेलको व्यग्र प्रतीक्षामा छन् ।
अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदै छ । यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदै छ ।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगस्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् । ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगस्ट १५ को स्वतन्त्रता दिवसको दिन ठुलो पर्दामा रिलज हुनेछ । ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो । जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदै छ’, तरणले ट्वीट गरेका छन् । यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ ।
स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भिडन्त कस्तो होला भनेर दर्शकहरू उत्साहित छन् । अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित क्षेत्रमा सरकारको उपस्थिति फितलो भयो : लामा
-
नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण
-
‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका