रसिया पठाउने भन्दै ११ लाख ठग्ने प्रजापति प्रहरीको नियन्त्रणमा
शनिबार, २६ जेठ २०८१, ०८ : ५२

रौतहट । विद्यार्थी भिसामा अध्ययनको लागि रसिया पठाई दिन्छु भनेर झन्डै ११ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई रौतहट स्थित प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ।
पक्राउ पर्नेमा स्थानीय यमुनामाई गाउँपालिका २ का २३ वर्षीय राहुल कुमार प्रजापति रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन्।
प्रजापतिले आफ्नै गाउँका २० वर्षीय जितेन्द्र कुमार यादव लाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका थिए ।
पीडितको उजुरीको आधारमा पक्राउ परेका प्रजापतिमाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा
-
बार निर्वाचन अपडेट : ११६० मत गणना हुँदा क-कसको अग्रता ? (सूचीसहित)
-
योगासाना च्याम्पियनसिपमा नेपालले जित्यो दुई स्वर्णसहित ६ पदक
-
दुई अटो ट्रेडर्सलाई विभागको कारबाही, तीन वटाको कारबाही फुकुवा
-
काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?
-
बार निर्वाचन अपडेटः श्रेष्ठभन्दा मिश्र २७३ मतले अगाडि, बाँकी गणना भोलिदेखि