शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
अस्पतालको बदमासी

‘टिम चार्ज’ भन्दै बिरामीबाट ४० हजार रुपैयाँसम्म अतिरिक्त असुली

बीमाको भुक्तानीबाहेक अस्पतालले १५ हजारदेखि ४० हजारसम्म लिने गरेको खुलासा
शनिबार, २६ जेठ २०८१, ०७ : ११
शनिबार, २६ जेठ २०८१

विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको लाइफगार्ड हस्पिटलले बिरामीबाट ‘टिम चार्ज’को नाममा अनावश्यक रकम असुली गरेको पीडितहरूले बताएका छन् ।

अस्पतालका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले अप्रेसनको नाममा बिरामीसँग मनलाग्दी रकम लिने गरेका हुन् । स्वास्थ्य बीमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि चिकित्सक अहमदले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेरै रकम असुली गरेको पाइएको हो ।

‘बिरामीलाई अप्रेसन थिएटरमा लगेपछि आफन्तलाई चिकित्सक इकबालको टिमले ४० हजार रकम दिनुपर्ने डिल गर्न सुरू गर्दछन् । त्यसपछि बिरामीको आर्थिक अवस्था हेरेर रकम बार्गेनिङ गर्दै १५ हजारसम्म लिएको हामीले देखेका छौँ,’ बिरामीका आफन्त भुपाल श्रेष्ठले भने, ‘उता बीमाबाट पनि भुक्तानी दाबी गरेर लिन्छन् । यता बिरामीबाट पनि असुली गर्दछन् । यसरी बिरामीलाई लुट्ने चिकित्सकलाई कारबाही हुनुपर्छ ।’

मोरङ पथरीशनिश्चरे–२ का ६५ वर्षीय लोकबहादुर श्रेष्ठ पेट दुखेर उक्त हस्पिटलमा गत फागुन ४ गते भर्ना भएका थिए । चेकजाँचका क्रममा उनको पेटमा पानीको फोका (सिस्ट) देखियो । स्वास्थ्य बीमामार्फत अस्पताल पुगेका उनको शल्यक्रिया डा.इकबाल अहमदले गर्ने भनियो ।

तर, उनको तत्काल ल्याप्रोस्कोपी सर्जरी भयो । बीमामार्फत शल्यक्रिया गरिएको ४६ हजार २८४ रुपैयाँ हस्पिटलले भुक्तानीको लागि दाबी ग¥यो । हस्पिटलले स्वास्थ्य बीमामार्फत भुक्तानी दाबी गरेपछि उपचारमा लाग्ने इम्प्लान्ट खरिद गरिनुपर्ने र टिम व्यवस्थापनको लागि भन्दै बिरामीसँग उपचारमा संलग्न चिकित्सक इकबालले ४० हजार रुपैयाँ थप लाग्ने बताए ।

त्यसपछि लोकबहादुरका कान्छा छोरा भुपाल श्रेष्ठले बाबुलाई अप्रेसन थिएटरभित्र छिराएपछि उपचारमा संलग्न चिकित्सकको माग अनुसार थप रकम दिने बचन गरे । ‘बुबाको शल्यक्रिया त भयो । तर, सफल भएन । फेरि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले भनेका छन् । त्यसको लागि आउँदो असारको पहिलो हप्ता चिकित्सकलाई देखाउन विराटनगरमा आउँदैछु,’ भुपालले भने, ‘बीमाबाट ४६ हजार रुपैयाँ लिएपछि पनि चिकित्सकले ४० हजार रुपैयाँ मागेका थिए । चिकित्सकको लापरबाहीले बुबाको सफल शल्यक्रिया नभएपछि चिकित्सकले माग गरेको थप रकम दिएनौँ । तर, अरु बिरामीका आफन्तबाट डाक्टर इकबाल अहमदले मनपरी तरिकाले रकम असुली गरेका छन् ।’

पथरीशनिश्चरे–२ कै २९ वर्षीय निहा साम्बालाई पनि पेटको समस्या थियो । स्वास्थ्य बीमा भएकाले उनको श्रीमान् सचितले नगर अस्पतालको रेफरमा लाइफगार्ड अस्पताल ल्याए । उनै युरोलोजिष्ट डा. इकबाल अहमदले निहाको किड्नीमा पथरी भएको बताए र शल्यक्रिया गर्न सुझाव दिए । उनको फागुन ६ मा शल्यक्रिया भयो । डा. इकबालले चिरेर अपरेसन गरेका थिए ।

तर, बीमा भुक्तानी दाबी गर्दा ल्याप्रोस्कोपी सर्जरी गराएको कागजपत्र जुटाए । त्यो कुरा सचितले थाहा पाए । त्यसपछि हस्पिटलले प्राविधिक मिस्टेक भएको भन्दै हातले चिरेको अप्रेसन बनाइदिए । चिरेर गर्दाको भन्दा ल्याप्रोस्कोपीबाट गर्दा १८ हजार बढी रकम लाग्छ । त्यसैले चिकित्सकले ल्याप्रोस्कोपीको कागजपत्र जुटाएर बढी बीमाको भुक्तानी दाबी गर्न लागेका थिए ।

पथरीशनिश्चरे–२ का ४० वर्षीय धनेश्वरी लिम्बू पनि किड्नीमा पत्थरी भएपछि उपचारका लागि लाइफगार्ड हस्पिटलमा आइन् । उनको शल्यक्रिया गरेर उनै डा. इकबाल अहमदले पथरी झिके । त्यसबापत बिरामीले स्वास्थ्य बीमाबाट स्वास्थ्य उपचारको रकम दिएपछि पनि ३० हजार रुपैयाँ थप दिनुपरेको धनेश्वरीका श्रीमान मानबहादुर गुरुङले बताए ।

त्यसपछि फागुन १५ मा निहाको शल्यक्रिया गरेबापत बीमाबाट २८ हजार २८४ रुपैयाँ बीमा भुक्तानी हस्पिटलले लिएको छ । स्वास्थ्य बीमाबाट २८ हजार रुपैयाँ लिएपछि पनि चिकित्सक इकबालले निहाका श्रीमान सचितसँग १५ हजार रुपैयाँ लिएका थिए । ‘बीमाबाट अप्रेसनको रकम लिएपछि पनि थप ३० हजार रुपैयाँ सुरुमा टिम चार्ज भन्दै मागेको थियो । पछि अप्रेसन हुँदा मैले विभिन्न चार वटा सामग्री लिएर गएपछि १५ हजार फिर्ता गरिदियो,’ सचितले भने ।

बीमाबाट पनि अप्रेसनको चार्ज लिने र त्यसपछि बिरामीबाट रकम असुली गर्ने गरिएको उनको भनाइ छ । ‘हामीले अप्रेसन थिएटरमा माग गरिएको रकमको बिल माग्दा पनि दिएनन् । त्यो बिल हुँदैन भन्दै रकम लिए,’ उनले भने ।

यस्तै पथरीशनिश्चरे–२ का ४० वर्षीय धनेश्वरी लिम्बू पनि किड्नीमा पत्थरी भएपछि उपचारका लागि लाइफगार्ड हस्पिटलमा आइन् । उनको शल्यक्रिया गरेर उनै डा. इकबाल अहमदले पथरी झिके । त्यसबापत बिरामीले स्वास्थ्य बीमाबाट स्वास्थ्य उपचारको रकम दिएपछि पनि ३० हजार रुपैयाँ थप दिनुपरेको धनेश्वरीका श्रीमान मानबहादुर गुरुङले बताए ।

‘सुरुमा ३६ हजार भन्यो । त्यसपछि आफू अपाङ्गता भएको व्यक्ति भनेपछि ६ हजार छुट गरेपछि ३० हजार रुपैयाँ डाक्टरलाई बुझाएको हुँ,’ उनले भने, ‘चिकित्सकले भनेजति पैसा दिएन भने उपचार हुँदैन भन्दै पठाउने गरेको डरको कारणले बाध्य भएर थप पैसा दिनुपर्यो ।’

hh

स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले स्वास्थ्य उपचारको नाममा दोहोरो रूपमा शुल्क लिन नमिल्ने बताए । कुनै पनि बिमितले लिखित उजुरी वा गुनासो गरे छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

‘उजुरी आएको खण्डमा हामीले छानबिन गर्नेछौँ र कारबाही गर्नेछौँ । स्वास्थ्य नियमावलीमा २४ घण्टाभित्र सम्बन्धित अस्पताललाई पत्र काटेर कारबाहीको प्रक्रिया अगाडि बढाउने अधिकार स्वास्थ्य बीमा बोर्डलाई छ,’ उनले भने, ‘हामीले त्यस विषयमा प्रक्रिया अगाडि बढाउनेछौँ ।’

वैशाख १ गतेबाट सरकारी अस्पतालले १० प्रतिशत र निजीमा २० प्रतिशत बिमितले भुक्तानी गर्नुपर्ने नियम बनाएको छ ।

Dr Ikal

यता लाइफ गार्ड अस्पतालका युरोलोजिष्ट डा. इकबाल अहमदले भने बिरामीसँग इक्युपमेन्ट र इम्प्लान्ट बाहेक अरू कुनै पनि नाममा पैसा नलिएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप