गुरबाजको विस्फोटक ब्याटिङ, न्युजिल्याण्डसामु १ सय ६० रनको लक्ष्य

गुयाना । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि अफगानिस्तानले न्युजिल्याण्डसामु जितका लागि १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
समूह सी अन्तरगतको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको हो ।
पहिलो विकेटका लागि गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । उनले यस क्रममा ३ चौका र २ छक्का प्रहार गरे ।
टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए । ट्रेन बोल्टको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए । उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।
अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान रासिद खान ६ रन बनाएर आउट भए ।
खेलमा न्युजिल्याण्डले विपक्षी टोलीका ब्याटरले आउट गर्ने थुप्रै अवसरहरू गुमाएको थियो । टोलीले क्याच र रन आउट गर्ने अवसरबाट चुक्यो ।
न्युजिल्याण्डका लागि ट्रेन बोल्ट र म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार