बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना छैन : खनाल

शनिबार, २६ जेठ २०८१, ०६ : २२
शनिबार, २६ जेठ २०८१

बारा ।  नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेसँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।  सिमरा विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा  पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले अहिले पार्टी कसैसँग एकता गर्न सक्ने स्थितिमा नभएको बताए । 

‘पार्टी कसैसँग एकीकरण हुँदैन, यो सबै बेकारको कुरा हो, अहिले हाम्रो पार्टी महाधिवेशनमा अगाडी बढ्दै छ, यो महाधिवेशनले नयाँ  कार्यदिशा नीति सिद्धान्तको आधारमा पार्टीलाई रूपान्तरण गर्दछ’ वरिष्ठ नेता खनालले भने ‘कसले यो हल्ला फिँजाएको छ सबै बेकारको कुरा हो अहिले हामी कसैसँग पनि एकता गर्न सक्ने स्थितिमा छैनौ’

नेता खनालले पार्टीको महाधिवेशन पछि कार्यदिशा र सिद्धान्त कसैसँग मेल खान गएमा वा एकरूपता भएका एकीकरणलाई कसैले रोक्न नसक्ने बताएका छन् । उनले महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पुर्याउने भन्दै पार्टी नेतृत्वलाई समेत रूपान्तरण गर्ने टिप्पणी गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) को यही असार १६ गतेदेखि २० गतेसम्म हुने पार्टीको १० औ महाधिवेशनमा ४ वटा एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता खनालले पार्टीको महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनको प्रस्ताव, विधान लगायत ४ वटा ऐतिहासिक दस्ताबेजहरू पारित गरिने जनाएका छन् । 

महाधिवेशनले पार्टीलाई वैचारिक,राजनीतिक र संगठानिक रूपले नयाँ उचाइमा पूर्याउछ, पार्टी नेतृत्वलाई रूपान्तरण गर्दछ, अव को अध्यक्ष बन्ने भन्ने बारेमा महाधिवेशनले निर्णय गर्छ, महाधिवेशन सर्वोपरि भएको हिसाबले हामीले सबै कुरा छोडिदिएका छौ’  खनालले भने 

उनले सरकारले गत साता सार्वजनिक गरेको बजेटको सम्बन्धमा भने  हतारमा ल्याएको भए पनि विगतको तुलनामा राम्रो बजेट आएको टिप्पणी गरेका छन् । 

‘अहिलेको सरकारको समीकरणमा मिलाउनु पर्ने कुरा धेरै बाँकी छन्, यसलाई मिलाउँदै गयो भने यो सरकारको आयु अर्को निर्वाचनसम्म पुग्छ तर, मिलाउन नसके अनेकन सम्भावना आइरहन्छन्’ खनालले भने  ।

केही दिनअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नेतृत्व गरेका पार्टीहरू नै प्रतिपक्ष जस्तो देखिएको भन्दै गरेको टिप्पणी प्रति नेता खनालले एमाले आफै प्रतिपक्ष जस्तो देखिएकोले अरूलाई पनि त्यस्तै आरोप लगाएका टिप्पणी गरेका छन् । 

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको काम अगाडी बढाउन सरकारको ध्यान नपुगेको विषयमा पूर्व प्रधानमन्त्री खनालले यसपटकको बजेटले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा नराखेको टिप्पणी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप