भन्सार छलीका सामानसहित नौ जना पक्राउ

काठमाडौँ । प्रहरीले भन्सार छली गरी ल्याएका रु नौ लाख ७९ हजार मूल्यका सामानसहित नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मुजफरनगरका २९ वर्षीय कल्बे अब्बास, सोही ठाउँका ५३ वर्षीय इसरार हुसेन, २९ वर्षीय मजर अली, ५० वर्षीय गुल्सन अली, २७ वर्षीय नजफ अली र ५० वर्षीय सेहेजात गुड्छु, उत्तर प्रदेशको मेरठका २६ वर्षीय हुसेन अब्बास र ३१ वर्षीय कोमी सलमान तथा रौतहटको चन्द्रपुर नगरपालिका–९ का ३८ वर्षीय दीपक दाहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका–२८ बागबजारमा भारतीय नागरिकले भन्सार छली गरेका लत्ता कपडा भण्डारण गरी अवैध रूपले कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले खानतलासीका क्रममा नौ जनाको साथमा रहेको २७ थान सेन्थेटिक झोला, रु चार लाख २५ हजारको लत्ताकपडा र रु दुई लाख नगद बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एएफसी एसिया कप छनोट : मलेसियासँग हार्यो नेपाल
-
अब एनआरएनएलाई रिब्रान्डिङ गर्नुपर्छः शेष घले
-
श्रेयस र शशांकको शानदार ब्याटिङ, गुजरातसामु २ सय ४४ रनको लक्ष्य
-
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छः वनमन्त्री शाही
-
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री
-
विकासे मन्त्रालयकै बजेट सिलिङ घट्यो, कुन मन्त्रालयको कति ?